Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाशाखाद्वारा साताभरको मौसमी विवरण : देशभर वर्षाको सम्भावना

काठमाडौं :   आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत स्थानमा हुनाले नेपालमा पनि प्रभाव पर्ने र उत्तर तिर सर्ने क्रम अझै जारी रहेको छ ।

नेपालको पूर्वी र मध्य भ-भाग नजिक एउटा न्यून चापीय प्रणाली रहेको र यो प्रणाली पश्चिमतिर सर्ने क्रममा रहेको रहेको महाशाखाको भनाई छ ।

महाशाखाका अनुसार देशको केही स्थानहरुमा आज (शुक्रबार) पनि मेघगर्जन रचट्याङ्ग सहितको वर्षा हुने सम्भावना छ । मेघगर्जन र चट्याङ्ग दुवै हुने सम्भावना रहेका कारण विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

देशको १- २ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले चुरेबाट बहने नदीमा पानिको वहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरु सतर्क रहुनु पर्ने महाशाखाले जनाएको छ । यसका साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाका अनुसार साताको शुरु शुक्रवार, शनिबारलाई मानिन्छ । साताको मध्य भन्नाले आइतबार, सोमबार, मंगलबार तथा साताको अन्त्य भन्नाले बुधबार, बिहिबार बुझाउने भन्दै महाशाखाले देशको पूर्वी र मध्य भूभागहरुमा साताको शुरु र अन्त्यमा सामान्यदेखि पूर्ण बदलि र साताको मध्यमा आंसिकदेखि सामान्य बदलि रहने तथा पश्चिमि भूभागमा साताभरि नै आंसिकदेखि सामान्य बदलि रहने सम्भावना रहेको जनाएको छ ।

त्यस्तै साताको शुरुमा धेरै स्थानहरुमा मेघ गर्जनसहित केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ , साताको अन्त्यमा मध्य र पूर्वी भूभागको केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ । साताको शुरुमा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साताको अन्त्यमा मध्य र पूर्वी भूभागको स्थानहरुमा १- २ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले साताभरका लागि गरेको मौसमी विवरणको अनुमान यस्तो छ :

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्