Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज जनैपूर्णिमा : यी स्थानहरुमा लाग्यो सर्वसाधरणको भीड (फोटोफिचर)

आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा वा रक्षाबन्धन भनेर पनि मनाइने गरिन्छ । आजका दिन काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा पुरोहितको हातबाट रक्षाबन्धनको डोरो नाडीमा बाध्ने र जनै लगाउने सर्वसाधारण भीड देख्न पाइन्छ ।

काठमाडौँको पशुपतिक्षेत्र राममन्दिर परिसरमा बिहीबार जनै पूर्णिमाको अवसरमा वेदविद्याश्रमका विद्यार्थी जनै आमन्त्रणको तयारी गर्दैछन् । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्षा बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ ।

यस्तै जनैपूर्णिमाको अवसरमा देशका विभिन्न स्थानमा रौनक देख्न सकिन्छ । जस्तै कि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा जनै आमन्त्रण गर्न आएका सर्वसाधारणको भीड रहेको छ । आजका दिन आमन्त्रित जनै वर्षभरी पूजाआजामा प्रयोग गरिनुका साथै लगाउन प्रयोग गरिन्छ ।

त्यसैगरी जनैपूर्णिमाको अवसरमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा पनि आज विहानैदेखि रक्षाबन्धनको चहलपहल शुरु भएको छ । मन्दिर परिसरमा व्राह्मणको हातबाट सर्वसाधारणले रक्षाबन्धन बाँधेका छन् । आजका दिन तराईमा रक्षाबन्धन धूमधामले मनाइन्छ । दिदीबहिनीले आ- आफ्नो दाजुभाइको हातमा राखी बाँधेर मीठो- मीठो परिकार खान दिएर मनाउँछन् । अनि दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहार दिने गर्छन् ।

त्यसैगरी आज विहानै पाल्पाको तानसेन बजारमा दाजुभाईका लागि रक्षाबन्धन किनेका छन् । दिदीबहिनीहरुले दाजुभाईका लागि रक्षाबन्धन हातमा लगाईदिने चलन बढेको छ । रक्षाबन्धन हातमा बाँधिएमा वर्षभर सुख समृद्धि र रक्षा हुन्छ भन्ने जनविश्वास छ ।

त्यसैगरी जनैपूर्णिमाको अवसरमा शुक्लागण्डकी नगरपालिका ८ फिर्दी बराहखोलास्थित मन्दिरमा जनै आमन्त्रण गरिएको छ । आजका दिन आमन्त्रित जनै वषैभरी पूजाआजामा प्रयोग गरिनुका साथै गुरु पुरोहितबाट रक्षाबन्धन हातमा बाँधिएमा वर्षभर सुख समृद्धि र रक्षा हुन्छ भन्ने जनविश्वास छ ।

प्रकाशित मिति: Aug 15, 2019

प्रतिक्रिया दिनुहोस्