Logo
१५ बैशाख २०८१, शनिबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जग्गा प्रशासनको व्यवस्थापन अब प्रविधिबाटै गरिने, सबै संघसंस्थालाई लिज सिस्टममा आउन आग्रह

काठमाडौं : जग्गा प्रशासनको व्यवस्थापन अब प्रविधिबाटै गरिने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मौकुमारी अर्यालले मन्त्रालयमा बुधबार सचिव, सहसचिव, मन्त्रालय मातहतका विभागीय महानिर्देशक लगायतसँग मन्त्रालयको कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सो कुरा बताएकी हुन् ।

सार्वजनिक सरकारी र गुठीको जग्गाको संरक्षणका निम्ति यति धेरै आवाजहरू उठिरहेको भन्दै उक्त कार्यको थालनी सरकारले गरिसकेको बताइन् ।

धेरै ठाउँबाट धेरैखालका सूचनाहरू पनि प्राप्त भएको भन्दै उनले मन्त्रालयले एउटा शक्तिशाली आयोग पनि गठन गरेर अहिले त्यसले अनुसन्धान गर्ने काम पनि अगाडि बढाएको बताइन् ।

अर्को प्रसंगमा मन्त्री अर्यालले भोगाधिरको व्यवस्था रहेकोमा २०७१ सालमा लिज सिस्टम आइसकेकाले अब सबैलाई लिज सिस्टममा आउन संघसंस्थाहरूलाई आग्रह गरिन् ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्