Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकासका नाममा ब्रह्मलुट : यो हो १० करोडको लागतमा निर्माण भएको सडक, १ महिनामै भत्कियो

विकास-विकास, विकास वर्षोंदेखि रटिदै आइएको रटान हो यो, तर विकास भने हुन सकेको छैन । जुनसुकै जनप्रतिनिधि होस् उस्का लागि विकास भनेको मात्र सडक निर्माण र पुल निर्माण तथा भवन निर्माण हो ।

किनकी त्यसमा भ्रष्टचार मज्जाले गर्न सकिन्छ, कमिसन मज्जाले पाइन्छ । ठिक त्यस्तै १० करोडको लागतमा निर्माण गरिएको प्रदेश ७ स्थित कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर-३ को चक्रपथ एक महिनामै भत्किएको छ ।

यहि असारमा मात्रै निर्माण सम्पन्न भएको सडक एक साता पछि ठाउँठाउँमा उप्किने र भाँसिन शुरु भएको छ । यसरी निर्माण सकिएको एम सातामै सडक बिग्रिएपछि स्थानीयले पुर्न निर्माणको माग गरेका छन् ।

केएस कन्ट्रक्सन, लुम्बीनी कन्ट्रक्सन र जेभी राजेन्द्र निर्माण सेवाले २०७४ साल असार मसान्तमा सडक निर्माणका लागि संयुक्त ठेक्का पाएका थिए । झण्डै ९ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर १ करोड २ लाख रुपैंयाका दरले सडक निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अबधि भित्रै सडक निर्माण सम्पन्न गरेको भएपनि सम्पन्न भएको एक महिना नहुँदै सडक ठाउँठाउँमा फुट्ने तथा उप्कीने र खाल्डा पर्ने गरेको छ ।

यसैगरी सडकमा निर्माण गरिएको नाली समेत ठाउँ-ठाउँमा भत्किएको छ ।

स्थानीय हिक्मत विष्टले सडक निर्माण गरिएको एक साता नबित्दै भत्कन सुरु भएको सडकको अधिकांश क्षेत्रमा खाल्डा परेका र नाली पनि भत्किएको बताए ।

ठेकदारले एक पटक फुटेको सडक मर्मत गरेपनि सोही ठाउँमा दोश्रो पटक पनि भत्किन सुरु भएको उनले बताए ।

अर्का स्थानीय दिपक ढंगालले करोडौ खर्च गरेर निर्माण गरिएको सडक कमजोर बनाएकोे बताए । उनले भने-‘सडकसँगै निर्माण गरिएको नाला आधा भन्दा बढी स्थानमा बिग्रेको छ, सडकमा कतै खाल्डा परेका छन् भने कतै सडक भाँसिन थालेको छ ।’

सकारी कर्मचारीले पनि ठेकदारसँग मिलेर भत्केको सडकको वास्ता नगरेको स्थानीयको आरोप छ । सडकको अनुगमन गर्न एक पटक पनि सरकारी कर्मचारी नआएका कारण ठेकेदारले काममा लार्पवाही गरेको स्थानीयले बताए ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर दिनेश श्रेष्ठले सडकको जिम्मा अझै एक वर्ष ठेकदारकै हुने भएकाले वर्षापछि मर्मत गर्न लगाइने बताए ।

‘पानी निकासका लागि ह्युमपाइप विच्छ्याइएका तथा माटो भरान गरेका ठाउँमा सडक भत्केको तथा भाँसिएको छ’ इन्जिनियर श्रेष्ठले भने-‘त्यस्ता ठाउँमा हामी वर्षा सकिएपछि मर्मत गर्न लगाउँछौं ।’

सडक निर्माणका क्रममा स्थानीयले विरोध गरी समयमै काम गर्न नदिएका कारण कमजोर माटो भएर पनि सडक भाँसिएको हुन सक्ने उनले बताए ।

केही ठाउँमा भने ठेकदारको पनि लार्पवाही हुन सक्ने भएकाले त्यसको छानबिन गरिने इन्जिनियर श्रेष्ठले बताए । उनले भने-‘सडकको स्तर खस्केमा ठेक्काबाट कटौती गरेर राखेको १० प्रतिशत धरौटी रकम जफत हुन्छ, त्यसैले पनि ठेकदारले सो सडक निर्माण गर्नै पर्छ ।’

उनले अन्य सडकको तुलनामा वडा नम्बर-३ मा निर्माण गरिएको चक्रपथमा ठुला सवारी गुड्न सक्ने हुँदा पिचको मोटाई बढाएर ३० एमएमबाट ४० एमएम पुर्‍याइएको बताए ।

सडक निर्माणको जिम्मा पाएको के.एस कन्ट्रक्सनका साईड इन्चार्ज बिक्रम स्वारले अहिल्यै सडकको काम पुरा नभइसकेको बताए । उनले अहिले भत्केको सडकलाई वर्षापछि मर्मत गर्न आफूहरु तयार रहेको बताए ।

तर सडक निर्माणका क्रममा केही स्थानमा कमजोरी भएको हुनसक्ने उनले स्वीकारे । उनले केही स्थानमा पर्खाल आवश्यक पर्ने तथा नाला नभई नहुने देखिएका कारण थप बजेटका लागि शहरी विकास कार्यालयसँग बजेट थप्न आग्रह गरिएको समेत बताए ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्