Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमबिएसको प्रश्नपत्र आउट गर्ने ५ आरोपी पक्राउ

जनकपुर :  धनुषामा परीक्षा अघि नै प्रश्नपत्र आउट गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम सेमेस्टर अन्तर्गत तथ्याङ्कशास्त्र बिषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २० वर्षीय सोनु कुमार साह, ३१ वर्षीय लिलाराम शिवरती, २२ वर्षीय लालबाबु मण्डल, २४ वर्षीय सुजित मण्डल र सर्लाहीको अभिनास महतो रहेको प्रहरी उपरीक्षक खनालले बताए । परीक्षाबाट सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराएर बाँडिएको थियो ।

 

प्रकाशित मिति: Aug 12, 2019

प्रतिक्रिया दिनुहोस्