Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहान सबेरै नित्यकर्म गर्दा जप्नुहोस् यो मन्त्र, धन प्राप्तिसँगै मिल्नेछ शान्ति

जीवनमा सफलताका लागि हरेक दिन मानिसहरुले विभिन्न उपाय खोजिरहेका हुन्छन् । तर शास्त्रलाई अनुशरण मात्र गर्ने हो भने धेरै कुरा सहज हुन्छ ।

बिहान सबेरै उठी स्नान गरेर शुद्ध र पवित्र मनले मन्त्र जपे कुनै पनि कर्म गरेकोे फल प्राप्ति अवश्य हुने शास्त्रले बताएका छन् । शास्त्रहरुले कुन काम गर्न कुन मन्त्रको प्रभाव बढी रहन्छ भन्ने विषयमा पनि उल्लेख गरिएको पाइन्छ ।

यदि जीवनमा धन प्राप्तिसँगै हरेक काममा सफलता चाहानुहुन्छ भने हरेक दिन बिहान नित्यकर्म पश्चात स्नान गर्ने समयमा गंगा चालिसा स्नान मन्त्रको जप गर्नाले तपाइको जीवनमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ । तसर्थ बिहान सबेरै उठेर मन्त्र जाप गर्ने बानी बसालौँ ।

यस्तो छ मन्त्र

गंगे च यमुने चैव गोदावरी सरस्वती।
नर्मदे सिन्धु कावेरी जले अस्मिन् सन्निधिम् कुरु।।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्