Logo
१५ बैशाख २०८१, शनिबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री भट्टराईकाे नयाँ योजना : पाइलट अध्ययनको लागि देशभित्रै ‘फ्लाईङ स्कुल’

काठमाडौं : देशभित्रै पाइलट अध्ययनका लागि नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उडड्यन विद्यालय (फ्लाईङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गरेका छन् ।

मन्त्री भट्टराईले देशभित्रै पाईलटहरु उत्पादन गर्न र उनीहरुलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने योजना आफूले तय गरेको पनि स्पष्ट पारे ।

बुधबार आफ्नै मन्त्रालयमा सञ्चारकर्मीहरुमाझ उनले ५० लाखभन्दा बढी खर्च गरेर पाईलट पढन विदेश जानुपर्ने अवस्था रहेको स्मरण गराउँदै सो भन्दा कम खर्चमै देशभित्रै पाइलट अध्ययनको व्यवस्था गर्न पनि सो विद्यालय स्थापना गर्ने सोच बनाउनु परेको पनि स्पष्ट पारे ।

त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायुसेवा कम्पनीहरुबाट जुटाउने मन्त्री भट्टराईको योजना छ ।

मन्त्री भट्टराईले वायुसेवा कम्पनीहरुलाई पनि पाइलट चाहिने भएकाले उनीहरुले पनि सो विद्यालयमा लगानी गर्ने विश्वास पनि व्यक्त गरे ।
मन्त्री भट्टराईले सो विद्यालय स्थापनासम्बन्धि विस्तृत योजना केही दिन भित्रै ल्याउने घोषणा पनि गरे ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्