Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुसीको खबर : नबढ्ने भयाे इन्टरनेटको मूल्य

काठमाडौं : चालु आर्थिक वर्षसँगै १३ प्रतिशत बढ्ने भनेको इन्टरनेटको मूल्य नबढ्ने भएको छ ।

सरकारले सेवा शुल्क बढाउने निर्णय गरेपछि इन्टरनेट सेवा प्रदायकहरुले पनि मूल्य बढाउने तरखरमा रहेको बेला सरकारले यो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सहुलियत दिने निर्णय गरेपछि इन्टरनेट व्यवसायीले इन्टरनेटको मूल्य नबढाउने जनाइएको छ ।

यस अघि साउन १ देखि इन्टरनेटको मूल्य बढाउने घोषणा भएको थियो । तर सेवा प्रदायक संघ ९आईएसपिएन० का अनुसार सरकारले लगाएको थप १३ प्रतिशत दूरसञ्चार सेवा शुल्कमा सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत व्यहोर्ने गरी नियमावली संसोधन भएको कारण इन्टरनेटको शुल्क नबढ्ने भएको हो ।

इन्टरनेट जडान गर्दा लाग्ने उपकरण र मर्मत शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने सरकारले निर्णय गरेको छ। इन्टरनेटमा दूरसञ्चार सेवा शुल्क लगाउने विषय सरकारले गतवर्षकै बजेटमा ल्याएको हो। तर यो निर्णयले सिधा असर सर्बसाधारणलाई पर्ने भएपछि निर्णय फिर्ता लिएको हो ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्