Logo
१९ बैशाख २०८१, बुधबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेवाग्राहीको भीड हुने कार्यालायमा प्रदेश सरकारको छड्के, कर्मचारीलाई सकस

बुटवल : प्रदेश नम्बर ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलबार सेवाग्राहीको भीड हुने कार्यालायमा अनुगमन गरेको छ ।

यातायात व्यवस्था कार्यालयका दुई इकाईमा भएको अनुगमनमा क्रममा २१ जना कर्मचारी अनुपस्थित भएको पाइएको जनाइएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राममा ३२ दरबन्दी रहेकोमा कार्यालय प्रमुख सहित १० कर्मचारी अनुपस्थित भेटिए ।
त्यसैगरी लाइसेन्स शाखा बुटवलमा २९ कर्मचारीको दरबन्दी भएकोमा ११ कर्मचारी अनुपस्थित भएको पाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।

अनुपस्थित भएकाहरु कार्यालयमा उपस्थित हुनुपर्ने समयभन्दा ढिला उपस्थित भएको पाइएको, सबैलाई स्पष्टीकरण सोधिने प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्