Logo
१५ बैशाख २०८१, शनिबार
(July 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुससहित सव-इञ्जिनीयर श्रेष्ठ अख्तियरको हिरासतमा

सिरहा :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई प्रहरी हिरासतमा लिएका छन् । श्रेष्ठले सेवाग्राहीसँग घुस लिएको अख्तियार टोलीले रङ्गेहात पक्राउ गरेका हुन् ।

अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाकाअनुसार सेवाग्राहीसँग लिएको रु.५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव- इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरिको हो । सेवाग्राहीलाई होटलमै बोलाएर घुस लिएपछि सव-इञ्जिनीयर श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएकोे जानकारी दिएका छन् ।

घुस दिने सेवाग्राहीको नाम भने अख्तियारले गोप्य राखेको छ । पक्राउ परेका सव- इञ्जिनीयर श्रेष्ठलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिवास कार्यालय लगिएको प्रहरी नायबले बताएका छन् ।

प्रकाशित मिति: Jul 20, 2019

प्रतिक्रिया दिनुहोस्