Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसम पूर्वानुमान : आगामी ३ दिनको मौसम यस्तो रहनेछ, सतर्कता अपनाउन आग्रह

काठमाडौँ :  आज शुक्रबार देशभरको मौसममा फेरबदल देखिएको छ । मनसुनी गतिविधि न्यून हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभरको समग्र मौसमी अवस्था सामान्य रहेको छ । महाशाखाका अनुसार अहिले देशको पूर्वी तथा मध्य क्षेत्रमा सामान्यदेखि आंशिक बदली भइरहेको छ भने पूर्वी र मध्य क्षेत्रका केही भागमा र पश्चिमी क्षेत्रका १- २ स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार मुलुकभर आगामी ३ दिनकोे मौसमी अवस्था यसप्रकार रहने छ :

साउन ३ गते (शुक्रबार)
दिउँसो :  देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशका मध्य र पूर्वी तराई क्षेत्रका १- २ स्थानमा भारी वर्षाको सम्भावना छ ।
राती : देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशका मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साउन ४ गते (शनिबार)
दिउँसो :  देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी र मध्य क्षेत्रका १ -२ स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
राती : देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । । देशको पूर्वी र मध्य क्षेत्रका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
श्रावण ५ गते (आइतवार)
दिउँसो :  देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
राती : देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको पूर्वी र मध्य क्षेत्रका १- २ स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका मध्य र पूर्वी क्षेत्रका १ २ स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरे बाट बहने खोलाहरुमा जल सतह बढ्न सक्ने कारणले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्