Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानको एनिमेसन स्टुडियोमा अज्ञात व्यक्तिद्वारा आक्रमण, २३ जनाले गुमाए ज्यान

टोक्यो :  जापानको क्योटोस्थित एनिमेसन स्टुडियोमा एक शंकास्पद आक्रमण भएको छ । बिहीबार भएको उक्त आक्रमणमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

स्थानीय मिडियाले जनाएअनुसार एक जना मानिस बिहीबार बिहान क्योटो एनिमेसन स्टुडियोमा छिरेर अज्ञात तरल पदार्थ छर्केका थिए । त्यसपछि उनले आगो सल्काएका थिए ।

एनएचकेले जनाएअनुसार १०: ३० बजेतिर सो भवनमा आगो लगाइएको थियो । सो घटनाबाट दर्जनौ मानिस घाइते भएका छन् । नाम उल्लेख नगरिएका शंकास्पद आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केही चोट भएकोले अस्पताल लगिएको छ ।

३ तले सो भवनमा उद्धारको कार्य जारी रहेको जनाइएको छ । सो क्षेत्रका नजिकका मानिसले श्रृंखलाबद्ध विस्फोटको घटना समेत सुनेको बताएका थिए । (बीबीसी)

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्