Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घटेन बाढीपहिरोको जोखिम : अझै २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं : न्यूनचापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकाले अझै केही दिन देशभर मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबारबाट न्यूनचापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुनी बर्षा सक्रिय हुने मौसमविद् गंगा नगरकोटीले बताएकी छिन् ।

‘आज र भोलिलाई सतर्कता अपनाउनुपर्ने देखिन्छ’ मौसमविद् नगरकोटीले भनिन्।

आज देशको पूर्वी, मध्यपश्चिमी भू(भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत आग्रह गरेको हो ।

यसैगरी हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमै रहेकाले मनसुनी गतिविधि मुलुकभर सक्रिय बनेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाव केही बढ्ने जनाएको छ। त्यस्तै कैलाली, कञ्चनपुर डडेल्धुरा, डाटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स(साना खोलामा आकस्मिक बाढीका सम्भावना, रहेको र बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुने बाढी पूर्वानुमान महाशाखालेले जनाएको छ ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्