Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खान भन्छन्- ‘बलिउडमा ’स्टारडम’ भएका ५ जना मात्र छन्’

बलिउडका दबङ्ग खान अभिनेता सलमान खानले बलिउडमा ५ जना मात्र स्टारडम भएका कलाकार रहेको दाबी गरेका छन् । सलमानले आफूसहित शाहरूख खान, आमिर खान, अक्षय कुमार र अजय देवगन मात्र ’स्टार’ भएको र यो ’स्टारडम’ यति लामो समयसम्म कायम राखिरहन एक चुनौतीसरह नै रहेको बताएका छन् ।

सलमानले फिल्म फेयरका लागि दिइएको अन्तर्वार्तामा ‘स्टारडम भनेको विस्तारै धमिलो हुँदै जाने कुरा हो । यसलाई लामो समयसम्म टिकाइराख्नु चानचुने कुरा होइन,’ ’मलाई लाग्छ, शाहरूख, आमिर, अक्की (अक्षय कुमार), अजय…हामी मात्र हौं जसले आफ्नो स्टारडम अहिलेसम्म कायम गर्न सकेका छौं । अझै केही वर्ष यो स्टारडम कायम रहोस् भन्ने हामी प्रयास पनि गर्नेछौं । अरू सबै सुपरस्टारको जस्तै हाम्रो फिल्मको कमाइ पनि खस्किने छ, तर हाम्रा लागि त्यो समय सुरू भइसकेको छैन’ भनेर सलमानको भनाइ उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।

सलमान खानको पछिल्लो फिल्म ’भारत’ले बक्सअफिसमा राम्रो कमाइ गरेको छ । फिल्मले २ सय १० करोड भारू हाराहारी कमाएको छ । यसअघि ’ट्यूबलाइट’मा नराम्रो असफलता पाएका सलमानले भारत ब्लकबस्टर हिट भएपछि सलमानलाई केही राहत मिलेको छ ।

हाल सलमान ’दबंग ३’ को सुटिङमा व्यस्त छन् । यसबाहेक सलमान सञ्जयलिला भन्सालीको ’इन्शाल्लाह’ पनि काम गरिरहेका छन् जसमा आलिया भट्टले उनलाई साथ दिएकी छन् ।

त्यतिमात्र हैन सलमान यति बेला ’डान्स रियालिटी शो( नच बलिए सिजन ९’ पनि निर्माण गरिरहेका छन् । त्यसकासाथै बिग बोस सिजन १३ मा पनि उनले होस्ट गर्नेछन् । सोनी च्यानलमा आउने ’द कपिल शर्मा शो’ मा पनि उनको सह(निर्माण छ ।

प्रकाशित मिति: Jul 14, 2019

प्रतिक्रिया दिनुहोस्