Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाइराख्नुहोस् : जिमेलबाट अनावश्यक इमेलहरु आफैं डिलिट गर्न अपनाउनुहोस् यस्ता उपाय

अहिलेको सबैभन्दा धेरै प्रयोगकर्ता भएको गुगलको प्रभावकारी इमेल सेवा भनेकै जिमेल हो । जिमेलबाट प्राय धेरैजसो प्रयोगकर्ताहरुले इमेल तथा अट्याचमेन्ट पठाउन वा प्राप्त गर्नका लागि मात्र प्रयोग गर्ने गर्दछन् । जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यस्ता कैयौँ फिचरहरु उपलब्ध गराउँदै आएको छ, जसका बारेमा धेरै सामान्य प्रयोगकर्ताहरुलाई थाहै नहुन सक्दछ ।

प्राविधिक उन्नयन तथा डिजिटल मार्र्केिटङको अहिलेको युगमा प्रयोगकर्तालाई उसको व्यक्तिगत इमेल अकाउन्टमा दिनहुँ कयौँ थरीका विज्ञापनजन्य इमेलहरु आउने गर्दछन्, जुन अति नै दिक्कलाग्दो हुने गर्छ । यस्ता इमेलहरुसँग प्रयोगकर्ताको कुनै मतलब नै हुँदैन । तसर्थ यस्ता इमेलहरुलाई समयमै डिलिट गरिएन भने इनबक्स नै भरिन्छ ।

यदि यस्ता अनावश्यक इमेलहरुलाई १-१ गरी डिलिट पार्दापार्दै थाकिसक्नुभएको छ भने चिन्ता नमान्नुस् , यहाँ छ तपाइको समस्याको समाधान । एउटा यस्तो काइदा छ, जसको सहयोगमा तपाईंले आफ्नो जिमेलको इनबक्सका अनावश्यक इमेलहरु आफसेआफ डिलिट हुनेगरी तय गर्न सक्नुहुन्छ ।

अटोम्याटिक रुपमा जिमेलबाट इमेल डिलिट गर्नका लागि यस्ता उपाय अपनाउनुहोस् :

  •  सबैभन्दा पहिले तपाईंले emailstidio.pro बाट आफ्नो जिमेल अकाउन्टमा Email Studio इन्स्टल गर्नुहोस् ।
  •  जिमेल अकाउन्टमा गएर इनबक्समा एउटा कुनै इमेल ओपन गर्नुहोस् ।
  •  त्यहाँ दायातर्फ रहेको इमेल स्टुडियो आइकनमा क्लिक गर्ने ।
  •  आफ्नो जिमेल आइडी तथा पासवर्डबाट लगइन गर्ने ।
  •  लगइन पछि सूचीमा दिइएको इमेल क्लिनअप अप्सनमा क्लिक गर्ने ।
  •  जिमेलबाट तपाईं जुन काम गर्न चाहनुहुन्छ त्यसका लागि Add New Rule मा क्लिक गर्न सक्नुहुन्छ ।
  •  त्यहाँ New Rule का रुपमा तपाईंले कुनै खास इमेल आइडीलाई मार्क गर्न सक्नुहुन्छ ।
  • यो प्रक्रियाबाट तपाईंले जिमेलमा यस्तो सेटिङ्ग मिलाउन सक्नुहुन्छ जसका कारण कुनै खास इमेलबाट एक महिना वा हप्ताभित्र आएका सबै इमेल पूर्णरुपमा डिलिट हुन्छन् ।

प्रकाशित मिति: Jul 14, 2019

प्रतिक्रिया दिनुहोस्