Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियाविरुद्धको ट्वेन्टी-ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपाल २-० ले विजयी

मलेसियामा जारी ट्वेन्टी-ट्वेन्टी क्रिकेट शृंखलामा नेपाल २-० ले जितेको छ । मलेसियाविरुद्ध को पहिलो खेलमा ७ विकेटले जितेको नेपाल, हिजो आइतबार खेलेको दोश्रो खेलमा पनि ६ रनले विजयी भएको हो।

टस जितेर ब्याटिङ पहिला गरेको नेपालले मलेशियालाई १७४ रनको लक्ष्य दिएको थियो । र उक्त लक्ष्य पछ्याएको मलेसियाले ७ विकेटको क्षतिमा १६७ रन मात्र बनायो । मलेसियाका लागि सिएद अजिजले अर्धशकिय पालि खेले पनि जित दिलाउन सकेनन् । अमिनुद्दिन राम्लीले २४ तथा वीरनदीप सिंहले २३ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए । त्यस्तै अविनाश बोहरा र कप्तान पारस खड्काले १-१ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले नटआउट ५१ रन बनाए । शरद भेषवाकरले ४० रनबनाउँदा कप्तान पारस खड्काले २३ रन बनाए ।

मलेसियामा अभ्यास गरेर नेपाली टोली त्यतैबाट सिंगापुर जाने खबर रहेको छ । आइसिसी वर्ल्ड ट्वेन्टी–ट्वेन्टी क्वालिफायर एसिया फाइनल्स जुलाई २० देखि २९ सम्म सिंगापुरमा हुँदैछ ।

प्रकाशित मिति: Jul 14, 2019

प्रतिक्रिया दिनुहोस्