Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवतीलाई डोजरमा राखेर उद्धार, सारियो सुरक्षित स्थानमा

मकवानपुर : त्रिभुवन राजपथको भीमफेदी-१ बाघझोरामा डोजरमा राखेर एक गर्भवतीलाई भलबाढीबाट सुरक्षित स्थानमा लगिएको छ । अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका साथै सडक अवरुद्ध बनेका छन् ।

अझै केही दिन वर्षा हुने भन्दै मौसम विमागले सचेत रहनसमेत आग्रह गरेको छ। बाढीपहिरोका कारण देशभर आठजनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

अविरलको वर्षा र बाढीले देशभर जनजीवन प्रभावित भएको छ । जसकारण बालबालिका, बृद्ध बृद्धा, बिरामी, र गर्भवती महिलाहरुमा मुख्य असर परेको छ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्