Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धावनमार्गमा ‘यति’ चिप्लिएपछि फन्को मार्दै फर्किए अन्य विमान

काठमाडौं : देशको एकमात्र एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शुक्रबार विमान दुर्घटना भयो ।

विमानस्थलबाट कुनै पनि आन्तरिक तथा वाह्य उडानहरु भरिएको छैन भने अन्य देशबाट आएका चारवटा विमानहरुलाई पनि फर्काइएको छ ।

बैंककबाट नेपालको लागि उडेको थाइ एयरलायन्सको विमानले नीजगढमाथिको आकाशमा चार फन्को लगाएर फर्किएको छ भने चीनको गाञ्जाओबाट काठमाडौंको उडेको विमानले पनि हेटौँडामाथिको आकाशमा तीन फन्को लगाएर पुनः चीन नै फर्किएको छ ।

त्यसैगरी ढाकाबाट काठमाडौंका लागि छुटेको विमान पनि सात फन्को लगाउँदै पुनः बंगलादेश फर्किएको छ । चारमध्ये अन्तिममा मलेसियाको क्वालालम्पुर बाट आएको विमान पुनः मलेसिया फर्किएको छ ।

नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको विमान एटिआर ७२ कलसाइन भएको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिँदा दुईजना घाइते भए । ६९ जना सवार विमानमा ६६ यात्रु र तीनजना चालकदलका सदस्य थिए ।

अवतरणको क्रममा विमान विमान चिप्लिएपछि विमानस्थलका सबै उडान तथा अवतरण रोकिएको थियो ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्