Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षाका कारण बढ्यो सबैजसो नदीको बहाव, सरकारद्वारा सतर्क रहन आग्रह

काठमाडौँ :  बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरका सबै जसो खोलानालको बहाव खतराको सुचकभन्दा माथि पुगेको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतको वाढी पूर्वअनुमान महाशाखाका अनुसार शुक्रबार ९ बजेदेखि कोशी, बागमती, कन्काइ, कमलालगायतका नदीको बहाव खतराको विन्दुमाथि पुगेका छन् । महाशाखाले प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाब पनि सतर्कता माथि र उच्च खतरायुक्त रहेको जनाएको छ ।

त्यस्तै कमला नदी (धनुषा तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र जारी रहेकाले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा बासिन्दालाई सतर्क रहन बाढी पूवानुमान शाखाले अनुरोध गरेको छ ।
यो अवस्था शनिबारसम्मै कायम रहने भएकाले होसियारी अपनाउन सर्वसाधारण आग्रह गरिएको छ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्