Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युद्धमा गएको श्रीमानको पर्खाइमा गरिमा पन्त

काठमाडौं : निर्मल पौडेलद्वारा निर्दे्शित सर्ट फिल्म सिपाहीकी स्वास्नी सार्वजनिक भएको छ ।

कथाकार महेश विक्रम शाहको कथा ’सिपाहीकी स्वास्नी’मा आधारित भएर बनाइएको फिल्म आइफ्लिक्सबाट सार्वजनिक गरिएको हो । फिल्ममा अभिनेत्री गरिमा पन्तको मुख्य भूमिका छ ।

१० वर्षे सशस्त्र द्वन्द्वमा एउटी सिपाहीको स्वास्नीको अवस्था कस्तो रहेको थियो भन्ने विषय फिल्ममार्फत देखाउन खोजिएको छ ।

फिल्ममा युद्धमा गएको श्रीमानको पर्खाइमा हरेक दिन त्रासदी जीवन बाँचिरहेकी एउटी श्रीमतीले दैनिक जीवनमा कस्तो भोगाइ महसुस गर्छिन् भन्ने विषय फिल्ममा उजागर गर्न खोजेको निर्देशक पौडेलले जानकारी दिए ।

फिल्ममा शोभा त्रिपाठी, सरु दाहाल, प्रशान्त दाहाल लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।

निर्मल फिल्म्स को प्रस्तुति रहेको यस फिल्मका निर्माता रीता पौडेल र नरहरि पौडेल हुन् भने फिल्मको पटकथा लेखन निर्मल पौडेल र रितेश गुरुङले संयुक्त रूपमा गरेका हुन् ।

फिल्मको छायांकन अमृत केसीको रहेको छ भने सम्पादन अधिनायकमान शेरचन र रङ संयोजन अनन्त घिमिरेको रहेको छ ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्