Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरियामा भएको बारुदी सुरुङ विस्फोटनमा परी ७ बालबालिकाको मृत्यु

दमास्कस :  पूर्वी सिरियाको डिएर एजजोर प्रान्तस्थित दब्लान गाउँमा बारुदी सुरुङ विस्फोट हुँदा कम्तीमा ७ बालबालिका मारिएका छन् ।

आतंकवादी संगठन इस्लामिक स्टेटले बेवारिसे अवस्थामा छाडेको बारुदी सुरुङ विस्फोट हुँदा ७ बालबालिकाको मृत्यु भएको सिरियाको सरकारी टेलिभिजनले जनाएको छ ।

आतंकवादी संगठन इस्लामिक स्टेट परास्त भएका सिरियाका धेरै क्षेत्रमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र अन्य घरेलु बम भेटिने गरेका छन् । यस्ता विस्फोटक पदार्थमा परी नियमितजस्तै सर्वसाधारणको ज्यान जाने गरेको छ ।

गत अप्रिल ११ मा दक्षिणी सिरियामा जमिनमा बिछ्याइएको बारुदी सुरुङ पड्किएर तीन बालबालिकाको ज्यान गएको थियो ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्