Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कबीर सिँहको पात्र हानिकारक रहेको शाहिदको दाबी

मुम्बई :  शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ ले धमाकेदार व्यापार गरेको छ । तर फिल्म प्रदर्शनमा आएसँगै विवादमा पनि मुछिएको छ ।

फिल्मसम्बन्धी भएको मुख्य विवाद नै शाहिद कपुरले निभाएको मुख्य पात्र कबीर सिंहबारेमा नै रहेको छ । यस फिल्ममा ‘टक्सीक म्यास्कुलिनी (विशाक्त पुरुषत्व)’ को गुण रहेको र फिल्मले त्यसलाई राम्रो गुण जसरी देखाएको भन्दै धेरै पक्षबाट आलोचना भएको छ । फिल्ममा देखाइएका केही दृश्यहरु समाजमा नकारकत्मक सन्देश दिने खालका रहेको उनीहरुको भनाइ छ ।

हालै एक कुराकानीमा फिल्मका अभिनेता शाहिद कपूरले पनि कबीर सिंहजस्तो पात्र समाजको लागि हानिकारक हुने र ऊ यथार्थबाट धेरै टाढा रहेको बताएका छन् ।

केही दिन अघि ‘कबिर सिंह’का निर्देशक सन्दीप रेड्डी वाङ्गाले फिल्ममा कबिर सिंहको उग्रतालाई प्रतिरक्षा गर्दै ‘पुरुषले आफूसँग सम्बन्धमा रहेकी महिलालाई सार्वजनिक स्थानमा चुम्बन गर्न सक्दैन र थप्पड हान्न सक्दैन भने ती दुईबीच मायाको कमी हुनसक्ने’ बताएका थिए । सन्दीपको उक्त भनाई बाहिरिएपछि कयौँ कलाकारले त्यसलाई गलत ठहराएको थिए ।

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्