Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकरात्मक परिवर्तन ल्याउन सक्ने स्वामी विवेकानन्दका ती १० प्रेरणादायी वाणी

स्वामी विवेकानन्दको हिन्दू दर्शनका एक प्रसिद्ध विद्वान मानिन्छन् । उनको जन्म सन् १८६३ जनवरी १२ तारिखका दिन भएको हो ।

उनले २५ वर्षको उमेरमा सांसारिक मोह त्याग गरी सन्यासी बनेका महान दार्शनिक स्वामी विवेकानन्द जीवनभर मानव कल्याणका लागि समर्पित भए । मानव जातिका लागि ठूलो योगदान गरेर सन् १९०२ जुलाई ४ मा यस धर्तीबाट विदा भएका थिए ।

स्वामी विवेकानन्दले भनेका केही भनाइ यस्ता छन् जसले हामी सबैलाई प्रेरणा दिन्छन् । निम्न छन् विवेकानन्दका ती १० महान र प्रेरणादायी वाणी जसले तपाईंको जीवनमा सकरात्मक परिवर्तन ल्याउने छ :

१. आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो ।
२. ब्रम्हाण्डको सबै शक्ति हामीभित्र छ। तर हामीले आफ्ना आँखा आफ्नै हातले ढाक्छौं अनि संसार निकै अन्धकार रहेछ भनेर गुनासो गर्छौं ।
३. सिक्ने र अनुभव बटुल्ने कार्यलाई जीवनभर निरन्तरता दिनुहोस् किनकी अनुभव नै सबैभन्दा ठूलो गुरु हो ।
४. हामीले कहिल्यै पनि अरुको निन्दा गर्नु हुँदैन । यदि कसैलाई सहयोग गर्न सक्नुहुन्छ भने सहयोग गर्नुहोस् । यदि सहयोग गर्न सक्नुहुन्न भने अञ्जुली जोडेर आर्शीवाद दिनुहोस् र अगाडि बढ्न प्रेरित गर्नुहोस् ।
५. यदि कसैले तपाईंलाई गाली गर्छ भने बदलामा आर्शीवाद दिनुहोस् । किनकी गाली गर्ने मानिसले तपाईंको झूठो दम्भ देखाएर तपाईंलाई नै मद्दत गरिरहेका छन् भनेर बुझ्नुपर्छ ।
६. ज्ञान आफैंमा वर्तमान हो । मानिसले त केबल ज्ञानको आविष्कार मात्रै गर्न सक्छ ।
७. जबसम्म तपाईंले आफैंलाई विश्वास गर्नुहुन्न तबसम्म तपाईंले भगवानप्रति विश्वास गर्न सक्नुहुन्न ।
८. हामीले जति बढी अरुको भलाइ गर्छौं, त्यति नै हाम्रो आत्मा शुद्ध हुन्छ र हाम्रो आत्मामा परमात्माको बास हुन्छ ।
९. तपाईंले भित्रैदेखिनै आफूलाई विकसित गर्नपर्छ । कसैले पनि तपाईंलाई ज्ञानी बनाउन सक्दैनन् । कसैले पनि तपाईंलाई आध्यात्मिक बनाउन सक्दैनन् । आत्मा नै तपाईंको सर्वश्रेष्ठ गुरु हो।
१०. कहिलेकाहीं मन र दिमागबीच अन्तर्विरोध वा टवराव हुने गर्छ । यस्तो अवस्थामा मनको कुरा नै सुन्नुहोस् ।

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्