Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कवि दीपा राई पुनको “कहीं चोट” सार्वजनिक (भिडियो)

ललितपुर  :  कवि तथा गीतकार दीपा राई पुनको गीत “कहीं चोट” शनिवार एक समारोहका वीच सार्वजनिक गरिएको छ । गीतकार दीपा राई पुनको शब्द रचना, गायक शिव परियाको स्वर रहेको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ ।

प्रवासमा रहेर साहित्य सिर्जनामा साधनारत पुनले पछिल्लो समय गीत लेखनमा समेत सक्रियता देखाउँदै आएकी छिन् । शनिवार वरिष्ठ कवि मञ्जुलले उनै कवि तथा गीतकार पुनको “कहीं चोट” गीतको अडियो एवं भिडियो सार्वजनिक गरे ।

कवि तथा गीतकार श्रवण मुकारुङले गीत जीवनवादी एवं आशावादी रहेको टिप्पणी गरे । ‘गीतले गहिरो भाव अनि मानवीय मूल्य बोकेको छ, समग्रमा एउटा सुन्दर रचना नेपाली गीतसंगीतले पाएको छ’, मुकारुङको टिप्पणी थियो ।

गायक शिव परियारले आफुले पछिल्लो समयमा गीत छनौट गरेर मात्र गाउने गरेको बताए । गीतको शब्द र संगीत चित्त बुझेपछि मात्र आफुले गाउने गरेकोमा यो गीत दुवैपक्षवाट सशक्त लागेपछि मात्र आफुले गाएको बताए । संगीतकार हरि लम्साल, कवि विप्लव प्रतिक लगायतले गीतबारेको आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्