Logo
१५ बैशाख २०८१, शनिबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘डोमेस्टिक’ विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने लुक्ला विमानस्थल अहिले सुनसान

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा सहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने लुक्ला विमानस्थलमा यात्रुको चापमा कमि आएको छ ।

्विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुनेसमयमा मात्र यात्रुको चाप बढी हुने गर्छ र अहिलेको मौसममा स्थानीय समेत भ्रमणका लागि अन्यत्र जाने भएकाले पनि सिजन नहुँदा लुक्ला विमानस्थल सुनसान हुने गरेको हो।

सिजनको बेलामा मात्रै खुम्बु क्षेत्रको गाउँ भरिभराउ हुन्छ भने अन्य समयमा सुनसान हुन्छ।

नेपालको ’डोमेस्टिक’ विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ साथै अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने यो विमानस्थलमा दैनिक एक सय हाराहारीमा उडान र अवतरण हुन्छ ।

सर्वोच्च शिखर सगरमाथा आरोही उनीहरूका सहयोगी र उनीहरुले प्रयोग गर्ने सामान ढुवानीको विकल्प हवाइ मार्ग या पदमार्ग मात्र रहेको छ । त्यसैले सबैभन्दा बढी हवाइमार्ग हुँदै यात्रु र उनीहरूको आवश्यक बन्दोबस्तीका सामाग्री हवाइजहाजमार्फत ल्याउने लैजाने गरिन्छ ।

पर्यटकीय सिजनका वेला हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउँछन्। विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुनेसमयमा यहाँ यात्रुको चाप बढी हुन्छ।

हाल सो क्षेत्रमा घरको हेरविचार गर्ने एक जना कामदार वा घर धनी बाहेक प्रायजसो सबैजना बाहिर भ्रमणमा जाने गरेको स्थानियहरु बताउँछन् । ‘अहिले खुम्बु सुनसान बन्दैछ’, ‘अहिले यहाँका विद्यार्थी र उनीहरूको हेरचाह गर्ने केही अभिभावक बाहेक अधिकांश भ्रमणमा निस्किएका छन् ।’ एक स्थानियले बताए ।

पर्यटकीय मौसम सकिएपछि यस क्षेत्रका व्यवसायी कार्गो ढुवानीमा व्यस्त हुन्छन् । अहिले विमान पनि कार्गो ढुवानीमा व्यस्त रहेका छन्। तारा एयर लुक्लाका स्टेसन इञ्चार्ज अमृत मगरका अनुसार मंगलबार १५ वटा उडान भए पनि दुई वटा बाहेक सबै विमानले कार्गो ढुवानी गरेका छन् ।

यस्तै बुधबार १० वटा उडान भएकोमा पनि दुईवटामा यात्रु र अन्य उडानमा कार्गो ढुवानी गरिएको एयरलाइन्सले जनाएको छ।
तारा र समिट एयरे काठमाडौ–लुक्लाका लागि उडान भरिरहेका ती विमानले यात्रु अभाव हुँदा कार्गो ढुवानी गर्न थालेका हुन् । पर्यटकीय मौसम सकिएपछि लुक्ला आउने र काठमाण्डौ जाने यात्रुको संख्या कमी हुँदा कार्गो ढुवानी भइरहेको विमानस्थल कार्यालय लुक्लाले जनाएको छ

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्