Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाईको छोरीको विवाह भइराखेको छैन ? यसो गर्नुहोस् चाँडै नै हुनेछ विवाह

काठमाडौँ  :  हाम्रो समाजमा केटीको चाँडै विवाह भएको राम्रो मानिन्छ । तर कतिपय घरमा छोरीको उमेर छिपिसक्दा पनि विवाह हुन गाह्रो भइराखेको हुन्छ । विवाहको लागि दुई परिवारबिच कुराकानी हुँदै गर्दा कतिपय अवस्थामा सम्बन्ध जोडिन सकिरहेको हुँदैन । यसका साथै कहिले केटालाई केटी मन पर्दैन त कहिले केटीलाई केटा मन पर्दैन । यस्तो अवस्थामा उनका आमा बुवालाई ठूलो तनाव परिराखेको हुन्छ ।

छोरीको विवाहमा ढिलाइ भइरहेको कारण हरेक आमाबुवा जान्न चाहन्छन् । यसबारे केही प्रसंग यहाँ प्रस्तुत गरिन्छ ।
हिन्दुशास्त्रअनुसार यदि केटीको कुण्डलीमा गुरु कमजोर रहेको अवस्था छ भने उसको बिहे हुनुमा ढिलाइ हुन्छ । सही समय बिहे हुन तथा कुनै रोकावट नहोस् भन्नाका लागि केही उपाय लगाउन आवश्यक हुन्छ ।

तसर्थ हिन्दुशास्त्रअनुसारले सुझाएका निम्न उपाय पालना गरेको खण्डमा केटीको हुनेछ चाँडै विवाह  :

१. हरेक बिहीबार गाईको हरियो घास खुवाउनुहोस् । यसले केटीको विवाहको योग बन्न सक्छ ।

२. विवाहमा ढिलाइ भइरहेका युवतीले अधिकांश समय पहेलो रङ्गको कपडा लगाउनु राम्रो हुन्छ । यसले गुरुसँग सम्बन्धित शुभ फल मिल्न सक्छ ।

३. बिहीबारको व्रत बस्ने र बृहस्पति मन्दिर गएर पूजा गर्नुहोस् ।

४. युवतीको हातले केराको दुई बिरुवा रोप्ने र दैनिक उक्त बिरुवामा पानी लगाउने । यस्तै हरेक बिहीबार केराको उक्त बोटको पूजा गरेमा शुभ फल मिल्नेछ ।

५. युवतीको विवाहका सम्बन्धमा पटक–पटक बाधा आइरहेको छ भने सोमबार चनाको दाल र सवा लिटर दूध दान गर्नुहोस् ।

६. भगवान शिव तथा माता पार्वतीको पूजा एकसाथ गर्नुहोस् । यसले पनि विवाहको योग बन्नेछ ।

७. हरेक बुधबार वा चतुर्थी तिथीमा भगवान श्री गणेशलाई मालपुवा चढाएर पूजा गर्नुहोस् ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्