Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब प्रत्येक वडामा एम्बुलेन्स : यस्तो छ स्वास्थ्य मन्त्रालयको६वटा उद्देश्य, २५ नीति र १४६ रणनीति

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय स्वास्थ्य नीति-२०७६’ सार्वजनिक गरेको छ । समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रालयको नयाँ नीति अघि सारेको हो ।

मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले उक्त नीति सार्वजनिक गरेका हुन् । जुन नीतिमा ६ वटा उद्देश्य, २५ नीति र १४६ रणनीति समेटिएको छ ।

स्वास्थ्य नीतिअनुसार अब प्रत्येक वडामा एम्बुलेन्स र्पुयाइने छ भने प्रत्येक स्वास्थ्यचौकी तथा अस्पताललाई डिजिटल बनाइने छ ।

स्वास्थ्य क्षेत्रमा आएका बजेटलाई व्यवस्थित रुपमा खर्च गर्नका लागि पनि स्वास्थ्य नीतिको ल्याएको मन्त्री यादवले जानकारी दिए ।

सरकार छाड्ने धम्की दिदै आएका मन्त्री यादवले पत्रकार सम्मेलनमा निकै आत्मविशवासी मन्त्रीको रुपमा प्रस्तूत भएका थिए ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्