Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काबुलमा शक्तिशाली बम विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

सांकेतिक तस्बिर

काबुलमा आज सोमबार  शक्तिशाली विस्फोट भएको छ । उक्त विस्फोटमा ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

सुुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको प्रत्यक्षदर्शीले जानकारी गराए । त्यसपछि निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको समाचारमा जनाइएको छ । आक्रमण र यसपछिको अवस्थाको प्रहरी हालसम्म तालिबान समूहले केही टिप्पणी गरेको छैन ।

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन । घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्