Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओभरलोडले लियो ३५ जनाको ज्यान

भारतको उत्तरी राज्य जम्मू कश्मिरमा बस दुर्घटना भएको छ जसमा ३५ जनाको ज्यान गएको छ । जम्मू कश्मिरको किश्तवाड भन्ने ठाउँमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनाका कारण ओभरलोड मानिएको छ । ओभरलोडका कारण बस सडकबाट भिरतर्फ खसेको हो । उक्त घटनामा परी कयौँ घाइते भएका छन् ।

बसमा अत्याधिक यात्रुको चाप रहेको हुनाले दुर्घटना भएपछिको अवस्था निकै दर्दनाक भएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ । दुर्घटना लगत्तै प्रहरी उद्धार कार्यक्रममा जुटेका थिए । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । यता उक्त दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दु:ख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्