Logo
१९ बैशाख २०८१, बुधबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानिराखौँ : आँखाको ज्योति बढाउन अपनाउनुहोस् यी उपाय

आजभोलि के बूढापाखा के बालबच्चा, प्राय सबैको आँखामा चस्मा लागेकै हुन्छ । अझ आजकालका बालबालिका त मोबाइल नचलाई खानासमेत खान रुचाउँदैनन् । यसरी निरन्तर मोबाइल जस्ता विद्युतीय उपकरण लगातार प्रयोगका कारण आँदा कमजोर बनाइरहेको हुन्छ ।

आँखा नदेख्नेलाई थाहा हुन्छ आँखाको महत्व कति हुन्छ भन्ने । तैपनि आँखा मानव जिवनको लागि निकै महत्वपुर्ण र नभई नहुने अंग हो ।

आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन अति नै आवश्यक रहन्छ । आँखा कमजोर हुने कारण खानेकुराले गर्दा पनि हो । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउन सकिन्छ ।

१. पालुंगोको जुस :

हरियो पात भएको साग र तरकारी आँखाका लागि लाभदायक हुन्छ । हरियो तरकारीको सुप पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनदिनै एक गिलास पालुंगोको जुस पिउँदा भरपूर मात्रामा भिटामिन ए प्राप्त हुन्छ ।

२. गाजरको जुस :

आँखाले धमिलो देख्न थाल्यो भने दिनदिनै गाजरको जुस पिउनुस् । एक गिलास गाजरको जुसमा एउटा गोलभेंडाको रस मिसाएर पिउँदा धेरै लाभ प्राप्त हुन्छ । बिहानबिहानै यो मिक्स जुस पिउन थाल्नुस् ।

३. हरियो सागपात :
आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

४. ओखर :

ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

५. भिटामिन :

शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् ।
सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

६. बदाम :

बदाम आँखाका लागि लाभदायक हुन्छ । राती पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।

आँखामा के गर्ने ? के नगर्ने ?

१. आँखा क्रमश कमजोर हुँदै गएको महसुस भइरहेको छ भने कपालमा रङ, हेयर डाई र रसायनयुक्त स्याम्पू प्रयोग नगर्ने ।

२. एक चम्चा त्रिफला राति माटोको भाँडोमा भिजाउने र बिहान कपडाछान गरी आँखा धुने ।

३. बिहान सूर्योदयअघि उठेर घाँसमा खाली खुट्टा १५-२० मिनेट हिँड्ने । यसो गर्दा आँखाको ज्योति क्रमश बढ्दै जान्छ ।

४. तोरीको तेलले पैतला नियमित मालिस गर्ने । नुहाउनुभन्दा १० मिनेटअघि खुट्टाका औँलामा तोरीको तेल दल्नाले पनि लाभ मिल्छ ।

५. नियमित रूपमा अंगुर खानाले राति आँखा कम देख्ने समस्या हट्दै जान्छ ।

६. १० ग्राम सुकुमेल र २० ग्राम सुपका दाना राम्रोसँग पिस्ने । यसरी पिसेको चूर्ण एक चम्चा दूधसँग नियमित खाने ।

७. सुकेको अमला राम्रोसँग पखालेर राति पानीमा भिजाउने । भोलिपल्ट दिनमा तीनपटक अमला भिजाएको पानी कपासको मद्दतले आँखामा हाल्ने । र, भिजाएको अमला खाने । नियमित यसो गर्नाले तीन महिनामै ठूलो अन्तर महसुस हुन्छ ।

८. बन्दाकोभीको पत्तामा सिधेनुन र कालो मरिच छरेर खानासँगै नियमित खाने ।

९. आँखा कमजोर छ भने सुत्नमा कञ्जुस्याइँ नगर्ने । कम सुत्नाले आँखा अझ कमजोर हुँदै जान्छ ।

१०. राती ओछ्यानमा पल्टिएर नपढ्ने ।

११. आँखा कमजोर छ भने हरेक दिन भोजनमा प्याज र लसुनलाई समेट्ने गर्नुपर्छ । लसुन र प्याजमा सल्फर पाइन्छ, जुन आँखा तेजिलो बनाउन उपयोगी हुन्छ ।

१२. भटमास अथवा भटमासबाट बनेका परिकार खाने गर्ने । यसमा पाइने फ्याट, फ्याटी एसिड, भिटामिन-ईलगायत तत्व आँखाका लागि लाभदायक हुन्छन् ।

१५. पल्टिएर लामो समयसम्म लगातार टीभी नहेर्ने ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्