Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवको बन्दको प्रभाव सुदुरवश्चिममा बढी : कैलाीलमा बम विस्फोट, अछाममा आगजनी

कैलाली :  आज असार १० नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा नेपाल बन्दको घोषणा । बन्दको प्रभाव सुदुरपश्चिमका जिल्लामा बढी देखिएको छ । बन्दका कारण सुदूरपश्चिमको जनजीवन बिहानैदेखी अस्तव्यस्त देखिएको छ ।

गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएपछि त्यसको विरोधमा बन्द घोषणा गरिएको हो ।

बन्दका कारण ९ वटै जिल्लामा बिहान छुट्ने यातायातका कुनैपनि साधन नगुडेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यातायातका साधन नछुटेपनि रात्रि बसहरुलाई स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाइरहेको प्रहरीले जनाएको छ । यस्तै क्याम्पस र विद्यालय पनि बन्द छन् ।

कैलालीमा बम विस्फोट :
आज बिहान ४ बजे कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । नगरपालिकाको कार्यालयमै बम विस्फोट गराईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

राति १ बजे नगरपालिकाका सुरक्षा गार्ड र प्रहरीले एक जनालाई झोला नगरपालिकामा फालेर जंगलतिर गएको देखेपछि विहान डिस्पोजका लागि टिम बोलाइएको थियो ।

तर डिस्पोजल टोली पुग्नु अगाबै विहान ४ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । वम विस्फोटबाट कुनै पनि मानवीय क्षती नभएको उनले बताए ।

वडा कार्यालयमा आगजनी :
यसैबीच, बन्दकै क्रममा अछामका दुईवटा वडा कार्यालयमा आगजनी गरिएको छ । जिल्लाको पन्चदेवल विनायक नगरपालिका ३ र ढकारी गाउँपालिका ५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत कागजात जलेर नष्ट भएको प्रहरी नायब उपरिक्षक शाहीले बताए ।

आगजनी भएको ठाउँमा सुरक्षाकर्मी गइरहेको हुँदा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले आज बन्द आह्वान गरेका कारण बन्दलाई लक्षित गरी आगजनी गरिएको हुनसक्ने प्रहरीको दाबी छ ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्