Logo
१५ बैशाख २०८१, शनिबार
(June 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विधेयकमाथि छलफल गर्न बोलाइएको बैठकमा ‘उपनाम’को हंगामा, प्रधानमन्त्रीलाई ’झुटप्रसाद’, कांग्रेस सभापतिलाई ’छेरबहादुर’

काठमाडौं : आज बसेको प्रतिनिधि सभा बैठकमा सत्तारुढ र प्रतिपक्षी सांसदहरुबीच अमर्यादित ढंगले आरोप प्रत्यारोप भएको छ । सातवटा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि बोलाइएको बैठकमा दुई पक्षका सांसदहरुबीच आफ्ना शीर्ष नेतालाई लिएर आरोप प्रत्यारोप भएको हो ।

बैठकको विषेशष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले केपी ओली नेतृत्वको सरकारले आजसम्म देश र जनताले मूल्याङ्कन गर्ने कुनै काम गर्न नसकेको आरोप लगाएका छन् । केपी होइन झुटप्रसाद ’यो सरकार काण्डकै काण्डमा फसेको छ । एकपछि अर्को काण्डले सरकार आलोचित छ । सिन्डिकेट हटाउने भनेर आफैँ त्यसमा फसेको छ’, चौधरीले भने, ’प्रधानमन्त्रीले यसअघि जथाभावी कर असुलेर करप्रसाद ओली उपनाम पाएका थिए ।

अब सधैँ झुटको आश्वासन दिने भएकाले उनको नाम झुटप्रसाद ओली राखौँ ।’ सांसद चौधरीले प्रधानमन्त्री र मन्त्रीहरुले चिप्ला र फोस्रा भाषण दिँदै हिँडेको पनि आरोप लगाए । ’भाषण हेर्दा र सुन्दा प्रधानमन्त्री र सबै मन्त्री हावादारी आश्वासन दिँदै हिँडेका छन्’, चौधरीले भने, ’सरकार पुरै असफल भएर निरंकुश बन्ने बाटोमा छ ।’ शेरबहादुर होइन छेरबहादुर सांसद चौधरीले यति भनेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावलले त्यसमा आपत्ति जनाए ।

चौधरीको भनाइमा आपत्ति जनाउँदै उठेका रावलले सभामुख कृष्णबहादुर महरासँग बोल्न समय मागे । विशेष समयमा अन्य दुई सांसदले बोलेपछि सभामुखले रावललाई पालो दिए ।

त्यसपछि सांसद रावलले जनप्रतिनिधिकै भाषा शैली यति तल्लोस्तरको हुन नहुने जिकिर गरे । ’हामी नेपाली जनताको प्रतिनिधिले बोल्ने भाषा शैलीबारेमा हेक्का राखौँ । हामीबाट नेपाली जनताले के सिक्ने ? प्रधानमन्त्रीको नाम बंग्याएर करप्रसाद र झुट प्रसाद भनिएको छ’, रावलले आक्रोश पोख्दै भने, ’शेरबहादुर देउवा लगायतका अन्य नेतालाई हामीले छेरबहादुर भन्न बाध्य भयौँ भने के हुन्छ? अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाइयोस् भन्ने माग गर्छु ।’

त्यसपछि सभामुख महराले आफूले यस कुरालाई गम्भीरतापूर्वक लिएको बताउँदै ध्यानाकर्षण भएको उल्लेख गरे । ’मेरो ध्यानाकर्षण भएको छ, पछि निर्णय लिन्छु’, सभामुखले आश्वस्त पार्दै भने ।

प्रकाशित मिति: Jun 23, 2019

प्रतिक्रिया दिनुहोस्