Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त, विप्लवका जिल्ला नेताको मृत्यु

काठमाडौं : सर्लाहीमा प्रतिवन्धित विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा प्रहरीको गोली प्रहारबाट विप्लवका समूहका एक नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो । पोखरेलले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको बताए ।

घटनापछि तीन जना जंगलतर्फ भागेको बताइएको छ । नम्बर नखुलेको एफजेट बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा उनीहरु सवार रहेको बताइएको छ ।

यसैबीच घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीसहितको टोली पुगेको प्रदेश नम्बर २ का प्रहरी प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्