Logo
१९ बैशाख २०८१, बुधबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोकर्णेश्वरमा बस पल्टिँदा १ को मृत्यु, १०जना घाइते

काठमाडौँ :  काठमाडौँको गोकर्णेश्वरमा बिहीबार दिउँसो बस पल्टिँदा १ जनाको मृत्यु भएको छ । बा १ ख ८७४४ नम्बरको बस सुन्दरीजलकाट रत्नपार्कका लागि छुटेको अनि गोकर्णेश्वर-४ तालचोकमा पल्टिएको हो ।

मृत्यु हुने व्यक्तिको सनाखत हुन सकेको छैन । उक्त बस दुर्घटनामा १० जना घाइते भएका छन् र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बसका चालक भने घटनास्थलबाट फरार रहेको र प्रहरीद्वारा खोजीकार्य भइरहेको प्रहरीले उल्लेख गरेको छ । घटनास्थलमा रहेका स्थानीय बासिन्दा सन्तोष कार्कीका अनुसार ज्यान गुमाउने व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्