Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो’ : देउवा

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले संसदमा सधैं विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

मङ्गलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले संसदमा बोल्न पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तराष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे । ‘प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?’ देउवाको प्रश्न थियो ।

प्रधानमन्त्री भन्दा पहिला बोल्न पाउनुपर्ने माग गर्दै काँग्रेसले संसद अवरुद्ध पार्दा मंगलबारको बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्