Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा कांग्रेसको हंगामा, सभामुखले गरे बैठक स्थगित

काठमाडौं : संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।

युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारले संसद्मा पेश गरेको गुठीसम्बन्धी विधेयकसँगै आफ्नो युरोप भ्रमणबारे जानकारी गराउने कार्यसूची थियो

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुखले उनीहरुलाई समय नदिई प्रधानमन्त्रीलाई बोल्न समय दिए ।

लगतै उनीहरुले रोष्टम घेराउ गरेका छन् । सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बैठक स्थगित गरेका छन् ।

संसद्को अर्को बैठक भोलि बस्नेछ ।

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्