Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथाको प्रवेशद्वारमा पाँचौं अन्तर्राष्ट्रिय योग दिवस (फोटो-फिचर)

विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारमा यसपटक पाँचौ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । त्यहाँ स्थित नाम्चे बजारमा एक भब्य कार्यक्रबीच योग दिवस मनाइएको हो ।

काठमाडौं स्थित भारतीय राजदुतावासले आयोजना गरेको उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरी समेत दुतावासका बिभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै प्रदेश नम्बर १ स्थित सोलुखुम्बु जिल्लाका महिला तथा युवा समुहका सदस्यहरु, खुम्जुङ्ग र खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ्ग र खुन्दे महिला तथा युवा समुह, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारी, एभरेस्ट भ्यु होटलका कर्मचारी तथा ठुलो संख्यामा स्थानीय बासिन्दारुको समेत सहभागीता रहेको थिया ।

योग दिवसको उक्त कार्यक्रममा अनेक विदेशी पर्यटक, पर्वतारोही तथा अन’सन्धानकर्ताहरुले पनि सहभागीता जनाएको दुतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस कार्यक्रमको मुख्य उद्देश्य दैनिक जीवनमा योगको महत्व उजागर गर्नुका साथै देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना गर्नु रहेको थियो ।

समुद्री सतहदेखि १७६०० फिट उचाइमा रहेको सगरमाथाको आधार शिविरमा पहिलो पटक योग मनाइएको हो । भारत गुजरातका भरत शर्मा तथा अन्य पर्वतारोहीहरुले विश्वकै सर्वोच्च शिखरको आधार शिविरमा योग अभ्यास गरी इतिहास समेत रचका छन् ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्