Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय बजारबाट अवैध लागुऔषध ल्याउने ३ युवा पक्राउ

सिरहा : प्रहरीले सिरहाको बरियारपट्टीबाट अवैध लागूऔषधसहित ३ जन युवाालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ बरियारपट्टी गाउँपालिका-३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका-२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका-८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका- ७ निवासी ३४ वर्षीय रबि भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय बजारतर्फबाट को३८प ३८९६ नंको स्कुटीमा सवार तीनै जनामाथि शङ्का लागेर जाँच गर्दा स्कुटी चालक महतोको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० बरामद भएपछि तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्