Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय पुलिसको गुन्दागर्दी : पत्रकारकोे कपडा खोली गरे सरेआम कुटपीट (भिडियो)

भारतको उत्तर प्रदेशमा पुलिसले एक पत्रकारको कपडाखोले, कुटपिट गरे र उनीमाथि पिसाबसमेत फेरे । यो घटना मंगलबार राती शामलीमा भएको हो । ती पत्रकारले रेलको लिकबाट हटेकोबारे जानकारी जुटाइरहेका बेला उनीमाथि गभर्नमेन्ट रेल पुलिस (जिआरपी) का जवानले कुटपिट सुरु गरेको भारतीय मिडियाले जानकारी दिएको छ ।

कुटपिटको घटना भिडियोमा पनि कैद गरिएको छ । पत्रकार अमित शर्माका अनुसार पुलिसले उनको मुखमा पिसाबसमेत फेरेका थिए । घटनापछि दुई पुलिसलाई निलम्बित गरिएको जानकारी छ ।

भारतीय मिडियाका अनुसार एसएचओ राकेश कुमारसँग आएका दलले पत्रकारलाई कुटपिट गरेका हुन् । उनले आफ्नो कामबारे बताउने कोसिस गरिरहेका बेला उनीमाथि आक्रमण भएको बताइएको छ ।

एएनआईका अनुसार अमित धिमनपुरा नजिकै रिपोर्टिङ गरिरहेका थिए । सादा पोसाकमा भएका पुलिसले उनीमाथि कुटपिट गरेको र अन्य एकले उनले बोकेको क्यामरा खसालिदिएको पनि जानकारीमा उल्लेख छ ।

उनले भने, ‘मैले क्यामरा उठाउने कोसिस गर्दा उनीहरुले ममाथि हमला गरे । पछि उनीहरुले मलाई जेलमा थुने पनि । यति मात्र होइन, मेरो कपडा फुकालियो र मुखमा पिसाबसमेत फेरियो ।’

एक समाचार च्यानलसँग काम गरिरहेको पत्रकार अमितमाथि कुटपिटपश्चात् सोसल मिडियामा मानिसहरुले आक्रोश व्यक्त गरेका छन् । मानिसहरुले ती पुलिसमाथि कडा कारवाहीको माग गरेका छन् । अमित शर्माले भने, ‘केही दिन अघि रेलसेवामा गडबडीबारे फर्दाफास गरेको थिएँ । यसै कारण रेलवे पुलिसले नीजि दुश्मनी निकाल्नका लागि ममाथि कुटपिट गरेका हुन् ।’

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्