Logo
१५ बैशाख २०८१, शनिबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवाका परीक्षार्थीको आन्दोलनमा रवीन्द्र मिश्रको समर्थन

काठमाडौं :  लोकसेवाका परीक्षार्थीले थालेको आन्दोलनमा समर्थन जनाउन साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पनि माइतीघर पुगेका छन् ।

स्थानीय तहमा भर्ना गर्न ९ हजार १ सय ६६ जना कर्मचारीका लागि जेठ १५ गते लोक सेवाले खोलेको विज्ञापन संसदको राज्य व्यवस्था समितिले रद्द गर्न निर्देशन दिएसँगै आन्दोलित युवाहरुलाई साथ दिन मिश्र माइतीघर पुगेका हुन्।

‘यो देश कसैको विर्ता होइन, तपाईंहरुले आज आफ्ना लागि आवाज उठाए जस्तै अरु बेला पनि उठाउन सक्नुपर्छ’, उनले भने, ‘तपाईं जे लाई घर भन्नु हुन्छ, त्यो झुपडी हो। त्यो झुपडीबाट आउनुभएको छ। तपाईंहरु अघि बढ्नुस्, हामी होस्टेमा हैँसे गरौँला। तर हरेक राष्ट्रिय महत्वको मुद्दामा बोल्नुपर्छ।’ यो देश सबैको भविष्य भएको बताउँदै मिश्रले यो आन्दोलनमा सबैले होस्टेमा हैँसे गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्