Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सडक २’बाट बाबु महेश भट्टसँग पहिलो पटक काम गर्दै आलिया

मुम्बई :  सडक २बाट पहिलो पटक आलिया भट्ट आफ्ना बाबु महेश भट्ट तथा दिदी पूजा भट्टसँग काम गर्दैछिन्। सडक २ सन् १९९१ मा बनेको सुपरहिट सिनेमाको सिक्वल हो। यस सिनेमामा आलिया, पूजा तथा संजयका अलावा आदित्य रोय कपुर पनि देखिनेछन्।

सिनेमा बारेमा प्राप्त नयाँ खबरका अनुसार यस सिनेमामा पनि आलिया एकदमै कम श्रृंगार देखिनेछिन्। भारतीय संचारमाध्यमका अनुसार सिनेमामा उनले मेकअपका नाममा हल्का फाउण्डेसन लगाउने बाहेक उनले प्राइमेस बेस प्रयोग गर्ने जनाएका छन्।

उनले यसको प्रयोग पनि गाढा इफेक्टका लागि प्रयोग गर्न लागेकी हुन्। यसका अलावा गालामा उनले अल्का गुलाबी ब्लश, आँखामा गाजल तथा ओठमा हल्का गुलाबी रंगको लिपिस्टिक लगाउने बताइएको छ।

उनले यसअघि राजी, हाईवे, उड्ता पंजाब तथा गली व्वायजस्ता सिनेमा पनि निक्कै कम मेकअपमा देखिएकी थिइन्। उनको यस्तो लुक्सलाई दर्शकहरूले पनि मन पराएका थिए।

सडक २ अगामी वर्ष १० जुलाईमा रिलिज हुनेछ। यो सिनेमाका अलावा ब्रम्हास्त्र, तख्त, इन्शाअल्लाह पनि उनी हाल व्यस्त छिन्। यी सिनेमा भने यसै वर्ष रिलिज हुनेछन्।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्