Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३/४ वर्षदेखि आफ्नै छोरीलाई करणी गर्दै आएका उपसचिव यादव पक्राउ

आफ्नै १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् ।

यादवले ‘विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन’ भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

महोत्तरी सोनमा गाविस-५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया (नाम परिवर्तन) आरलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

घरमा कोही नभएको मौकामा यादवले घरको तेस्रो तल्लाको कोठामा छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो थियो घटना
विगत ३/४ वर्षदेखि यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । १२ कक्षामा अध्ययनरत आरलाई बाबुले संवेदनशील अंगहरुमा छोएर उतेज्नामा पारेर करणी गर्दै आएको बताइएको छ ।

बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । आमाले पनि उक्त घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाएकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

त्यतिबेला आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि गत जेठ १९ गते भने उनै आमा र ती किशोरीले सो घटना बाहिर ल्याएका हुन् ।

प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षककसँग प्रेममा थिइन् । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको एसएसपी धानुकले पुष्टि गरे ।

यद्यपी आरोपित यादवको भने कुनै भनाई आएको छैन, प्रहरीले दावी गरेर अनुसार यादव उनका छोरी तथा उनकी श्रमितीले समेत अहिलेसम्म कुनै संचारमाध्यमलाई कुनै प्रतिकृया दिएकी छैनन ।

#सांकेतिक तस्विर

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्