Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किराँती राजा यलम्बरको सम्झनामा साँस्कृतिक कार्यक्रम हुने

नेपालका प्रथम किराँती राजा यलम्बरको सम्झनामा किराँती नव-सांस्कृतिक केन्द्रले किराँती समुदायको चाड उभौली (साकेला)का अवसरमा सांस्कृतिक संस्थानमा यलम्बर सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

केन्द्रले यही जेठ २९ गते यलम्बर सांस्कृतिक विशेष कार्यक्रमका अवसरमा रु २ लाख १० हजार राशिसहित वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई ‘यलम्बर सांस्कृतिक सम्मान’बाट सम्मान गर्ने जनाएको छ । यस्तै रु ३० हजार राशिको किराँती नव सांस्कृतिक सम्मानबाट वरिष्ठ गायक कुवेर राईलाई तथा रु २० हजार राशिसहित किराँती नव-सांस्कृतिक प्रतिभा पुरस्कारबाट वरिष्ठ गायिका मेलिना राईलाई सम्मान गरिने किराँती नव-सांस्कृतिक केन्द्रका संयोजक राकेश किराँतीले जानकारी दिए ।

यलम्बरको नाममा रहेको उक्त पुरस्कारबाट नेपालको पुरानो ऐतिहासिकतालाई पुनःजागरण गर्न सघाउ पुग्ने तथा किराँत समुदायको चाड साकेलाको पहिचान जोगाउन मद्दत पुग्ने उनले बताए । केन्द्रका सदस्य गायक रुक्मा राईले यलम्बर सांस्कृतिक कार्यक्रममा किराँती भेषभूषा झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताए । “यसले आफ्नो मौलिकतालाई जोगाइ राख्न मद्दत पुग्छ”, उनले भने ।

उक्त कार्यक्रममा शम्भु राई, सत्यकला राई, रुपकुमार राई, सरला राई, कला राई, मनिषा राईलगायतका कलाकारले सांस्कृतिक प्रस्तुति रहन्छ ।

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्