Logo
१५ बैशाख २०८१, शनिबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

च्याम्पियन्स लिगको फाइनल चलिरहँदा लुगा फालेर महिला मैदानमा दौडिएपछि…

आइतबार बिहान स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहँदा कसैले नसोचेको घटना भयो । करिब २० मिनेटको खेल चलिरेको थियो ।

त्यतिञ्जेलको खेलमा लिभुरपुल १-० ले अघि थियो । त्यसै बेला एक महिला दर्शकको भीडबाड दौडँदै मैदानमा प्रवेश गरिन् । त्यती मात्र होइन ती महिलाले दौडिदै गर्दा आफुले लगाएको लुगा समेत खोल्दै फाल्दै गर्न लागिन् । आफ्ना लगाएका लुगा फालेर मैदानको बीचतिर दौडिइन ।

सुरक्षार्थ खटिएका व्यक्ति उनको पछिपछि दौडिएर गए । उनलाई समातेर बाहिर ल्याए । एकैछिन रोकिएको खेल पुनः सुचारु भयो । ती महिला को हुन् ? किन उनले त्यसो गरिन ? अन्तराष्ट्रिय सञ्चार माध्यममा आएका खबरअनुसार उनले एक पोर्न वेब साइटको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् ।

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई
किन्सी वलान्स्की नामकी ती महिला एउटा पोर्न वेब साइटकी सञ्चालक हुन् । उनले यही च्यानलको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् । दी सनकाअनुसार किन्सी वलान्स्की चर्चित प्रान्क युट्युब च्यालनकी सञ्चालक भिटाली दोरोभस्कीकी साथी हुन् ।

उनीहरू युट्युब च्यानलकासाथै त्यस पोर्न साइटका पार्टनर हुन् । भिटाली दोरोभस्कीले २०१४ को विश्वकप फाइलनमा यस्तै हर्कत गरेकी थिइन् । त्यसपछि उनलाई खेल हेर्नका लागि प्रतिबन्ध गरिएको थियो ।

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्