Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकले ट्वीटरमा फेरि सेयर गरे अर्को मिम : कस्को उडाए मजाक?

भारतीय लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमतका साथ जीत हासिल गरिसकेको छ । एकातर्फ नतिजा अनुसार बिजेपी देशमा अत्यधिक बहुमतसहित सरकार बनाउने तयारीमा छ भने २४ मे अर्थात् आज लामो समयदेखि रिलिजको प्रतिक्षा गरिरहेको नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’ पनि रिलिजको तयारीमा छ ।

फिल्ममा अभिनेता विवेक ओबरोय मोदीको भूमिका निभाइरहेका छन् । हालै विवेक एग्जिट पोलसँग जोडिएका एक ट्वीट गरेर मुश्किलमा फसेका थिए ।

जसमा उनले चौतर्फी आलोचनाका साथै महिला आयोगबाट नोटिस पनि पाएका थिए । यद्यपी, पछि उनले आफ्नो ट्वीट डिलिट गर्दै माफी पनि मागेका थिए ।

तर अब विवेकले अर्को मिम सेयर गरेका छन् । उनको यो मिम पनि निकै चर्चित भएको छ । विवेकले जुन तस्बिर सेयर गरेका छन् त्यसमा मायावती, सोनिया गान्धी, राहुल गान्धी, शरद पवार, अजित सिंह, सिताराम येचुरीसहित विभिन्न राजनीतिज्ञ देखिएका छन् । उनीहरुले महागठबन्धका लागि हात मिलाइरहेको देख्न सकिन्छ ।

यो फोटोमा मोदी नामको डिटरजेन्ट पाउडर प्रयोग गरेर प्रश्न सोधिन्छ ‘अचम्म लाग्यो ?’ विवेक ओबरोयले आफ्नो मिम पोष्टमा लेखे, ‘सबै राजनीतिज्ञ जो नरेन्द्र मोदीलाई घृणा गर्न एकजुट भए ।

आफ्नो धेरै समय भारतलाई प्रेम गर्न खर्च गर्नुहोस्, मोदीलाई घृणा गर्न होइन । भारतलाई स्वस्थ प्रजातन्त्रका लागि समझदार विपक्षको आवश्यकता छ ।’

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्