Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साँढे जोगाउने क्रममा बस ट्रकसँग ठोक्कियो, दुईको मृत्यु, २३ घाइते

सिरहा : पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० स्थित प्रयागपुर चोकमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाडौं जाँदै थियो । सोही क्रममा विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए ।

बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी माधवराज खरेलले बताए । दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका ४० वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका-७ बस्ने मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ । दुवै जनाको उपचारका क्रममा मिर्चैयामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ३ जना पुरुषको नाम र ठेगाना खुलेको छैन् । ११ जनालाई विराटनगर रेफर गरिएको छ । ८ जनाको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा र ४ जनाको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये ८ जना समान्य, ९ जना मध्ययम र ६जना गम्भीर छन् ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्