Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानी कार्यालय : १३ लाख बढी रकम हिनामिना गर्ने काउन्टर साहयकमाथि उजुरी

संखुवासभा : खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ कार्यालयको १३ लाख बढी रकम हिनामिना गर्ने काउन्टर साहयक सुरेश ढकाललाई समितिले उजुरी दिएको छ ।

काउन्टर सहायक सुरेशलाई हिनामिना गरेको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम बुझाउन ७ गते अन्तिम म्याद तोके पनि अहिलेसम्म नबुझाएकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको खानेपानी समितिका अध्यक्ष नरेन्द्र राईले जानकारी दिए। समितिले पटक-पटक पत्राचार गररे रकम बुझाउन काउन्टर सहायक सुरेशलाई भने पनि उनले अटेर गरेपछि बाध्य भएर प्रशासनमा उजुरी गरेको अध्यक्ष राईले बताए ।

उनले भने, समितिभित्र के गर्न भनेर छलफल भयो अनि कानुनी ढंगले अघि बढौँ भन्ने भएपछि जिल्ला प्रशासनमा रकम अशुल गर्न उजुरी दिएका छौँ । काउन्टर साहयक ढकालले १३ लाख ९५ हजार ४७ रुपैयाँ अनियमितता गरेको प्रतिवेदन केही दिनअघि सार्वजनिक भएको हो । काउन्टर सहायक ढकालले पानीको महसुलतर्फबाट उठाउन प्रयोग गरेको रसिदको अर्धकट्टीमा लुकाएर र अर्धकट्टीमा रद्द लेखेर रकम हिनामिना गरेको लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उता, लेखापाल लक्ष्मण पराजुलीले ६२ हजार ६२७ र प्रशासन साहयक जुनिता कार्कीले ५ लाख ४५ हजार अनियमितता गरेको रकम भने दाखिला भइसकेको समितिले जनाएको छ । लेखापाल लक्ष्मणले सफ्टवयर प्रणाली र प्रशासन सहायक जुनिताले ५ प्रतिशत अनुदानको रकम अनियमितता गरेको प्रतिवेदनमा उल्लेख भएको थियो ।

उनीहरूलाई समितिले ४ महिनाअघि नै निलम्बन गरेको थियो । खानेपानी कार्यालयमा आर्थिक रकम हिनामिना व्यापक भएको गुनासो आए पनि महशुल र उपभोक्ताबाट उठाएको रकमबारे छानविन गर्न गत माघ १५ गते त्कालीन खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठले छानविन गरी वैशाख १५ गते मात्र बुझाएका हुन् ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्