Logo
१५ बैशाख २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गहन छलफलपछि मात्रै कानुन निर्माणको प्रक्रिया थाल्न सभामुखको निर्देशन

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफलअघि बढाउन संसदीय समितिलाई निर्देशन दिएका छन् ।

सभामुख महराले सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै कानुन निर्माणको कामअघि बढाउन सरकारलाई पनि सचेत गराए । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानको मर्मअनुसार कानुन निर्माण भएरनभएको निगरानी राख्ने काम गर्न पनि संसदीय समितिको भएको स्पष्ट पारे ।

सभामुख महराले सरकारले आश्वासनअनुसार काम गरेरनगरेको निगरानी राख्ने काम गर्न संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको रहेको पनि स्मरण गराए । सभामुख महराले संविधानअनुसार कानुन निर्माण र त्यसको कार्यान्वयनको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने काम पनि संसदीय समितिले गर्नुपर्ने दोहोर्‍याए।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्