Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा मन्दिर लुट्न आएका भारतीय र प्रहरीबीच मुठभेड, १ घाईते, ८ पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं : जनकपुरधाममा प्रहरी र भारतीय डाँका समूहबीच गए राति मुठभेड हुँदा एक जना घाइते भएका छन् ।

जनकपुरधाम-८ स्थित विहारकुन्ड मन्दीरमा डकैती गर्ने उद्देश्यले आएका भारतीय समूहले प्रहरीमाथि गोली प्रहार गरेको थियो । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर एक भारतीय घाइते भएका छन् ।

धनुषा प्रहरीका एसपी शेखर खनालका अनुसार एक भारतीयको खुट्टामा तीन गोली लागेको छ । प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

प्रदेश नम्बर २ का डीआईजी हरि पालकाअनुसार उनीहरु डकैती गर्ने उद्देश्यले आएका थिए । पालले भने,‘‘उनीहरु मन्दिरको बहुमुल्य धातु, रकमलगायत लुट्न आएपछि हामी पहिले नै मन्दिर क्षेत्रमा पोजिसन लिएर बसेका थियौं ।

उनीहरु आएपछि समात्न खोज्दा प्रहरीमाथि नै गोली प्रहार गरे, हामीले जवाफी कारवाही गर्‍यो । उनीहरुको पृष्ठभूमि पनि अपराधिक नै रहेछ ।’’ पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुर क्षेत्रको रहेको खुलेको छ ।

डीआइजी पालका अनुसार सात जनालाई घटनास्थल र एक जनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्