Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा मतगणना जारी : मोदी गठबन्धन ३४१ सिटमा अगाडी, सोनिया, राहुल र कन्हैया निकै पछाडी (Live)

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा भएको आम निर्वाचन 2019 को मतगणना जारी रहेको छ । सुरुवाती रुझानमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एणडिए गठबन्धन सबै भन्दा अगाडि देखिएका छन् ।

सबै ५४२ सिटको रुझान सार्वजनिक भइसकेको छ । जस्मा मोदी गठबन्धन ३४० सिटमा अगाडी छन् भने भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धन १०४ मा अगाडी देखिएका छन् । त्यस्तै मयावती, अखिलेश, ममता आदि अन्य १०० सिटमा अगाडी छन् ।

सबैभन्दा रोचक कुरा के छ भने कांग्रेस अध्यक्ष राहुल गान्धी स्वंय पछाडी छन् । उत्तरप्रदेशमा उनलाई स्मृती इरानी निकै मतअन्तरले पछाडी परेकी छन् ।

त्यस्तै पुर्वअध्यक्ष सोनियाँ गान्धी समेत पछाडी छिन् । प्रधानमन्त्री मोदी भने १ लाख भन्दा बढी मतका साथ सबैभन्दा अगाडी छन् । सुरुमा पोस्टल ब्यालेट अर्थात कर्मचारी, सेना, प्रहरी आदिले गरेका गरेको मतदानको परिणामलाई सार्वजनिक गरिएको थियो ।

त्यस्तै बिहार स्थित वेवुसेरायबाट प्रत्यासी रहेका कन्हैया कुमार तेस्रो स्थानमा रहेका छन् । बिजेपीका गिरिराज सिंह सवा लाख मतातन्तरका साथ सबैभन्दा अगाडी रहेका छन् । त्यस्तै स्थानीय महागठबन्धनका उम्मेदवार भने दोस्रो स्थानमा रहेका छन्।

हेर्नुस् भिडियो :

भिडियो सौजन्य एबिपि न्यूज

 

सौजन्य स् ३ब्द्यएच्भकगतिकद्दण्ज्ञढ

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्